0
Image result for motorcycle accident cartoon  picआश्विन १, २०७३- डडेल्धुरा जिल्लाको अनारीखोलीबाट सदरमुकाम अमरगढी तर्फ आइरहेको मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार से४प ५२०० नम्बरको मोटरसाइकल चालक २२ वर्षे  रमेश अवस्थीको  मृत्यु भएको छ । बेलुका ६ बजे अनरीखोली र पोखराको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको हो ।  चालकको उपचारको क्रममा उप क्षेत्रिय अस्पताल डडेल्धुरा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मोटरसाइकल सवार यात्रु  १६ वर्षीय प्रियंका अवस्थीको उपचार अस्पतालमा भइरहेको छ ।  प्रहरीका अनुसार तीव्र गतिमा मोटरसाइकल चलाएकोले दुर्घटना भएको हो । मोटरसाइकल अनियन्त्रित भई पहाडतर्फ भित्तामा ठोकिन पुग्दा दुर्घटना भएको हो ।

Post a Comment

 
Top