0
निबन्ध


आश्विन १, २०७३- ‘तपाईं एक्लै ? हो नि ।’
‘हो ।’ अर्थात्, ‘हजुर ।’
यसरी ‘हो’ भनेर उत्तर दिंदादिंदैथाकेकोछु म । करिबदुई सय जनाले फोनमार्फत, इमेलमा, नमस्कारको उत्तरमा, चिया गफमा, कार्यालयमा जहाँजहाँ भेट भयो,मलाई सोधिरहे ‘तपाईं एक्लै आउनुभयो ?’पहिलेपहिले सोचेको थिएँ, यिनीहरू कति माया गर्दा रहेछन् मलाई । तर पछि आभास हुन थाल्यो यो चिन्ता अर्कै कुराको हो । एकदिन मभित्र विद्रोह पलायो । त्यसपछि एउटा सोच आयो । मैले ढा“ट्न थालें । ‘होइन नि, सबै आएको ।‘मैले कहिल्यै केटा साथीलाई यसरी एक्लै कि श्रीमती स“गै आएकी छन् भनेर प्रश्न सोधेको सुन्दिनँ । न त्यस्तो सोच नै आउँछ दिमागमा । न अरू पुरुष साथीहरूले उनीहरूका पुरुष साथीलाई तिम्री श्रीमती आइनन् भनेर बेसरोकार सोधेको सुनेको छु ।
‘एक्लै कहाँ छु र म ?मसँग मैले जन्माएका दुई सन्तान सँगै छन् ।’‘मान्छे एक्लै त जन्मिने हो सधैं दोक्लो कहाँ पाउनु ?’यसरी बटारिएर पनि उत्तर दिएँ । के हो एक्लोको अर्थ ?के हुन्छ यिनलाई म एक्लै आउँदा । एक्लै बस्दा ।मेरो भा“डोमा चामल हालिदिने सोचमा छन् कि ?म हिँड्ने बाटोमा फूल ओछ्याइदिन हो कि सोधेका ?कि मलाई उपभोग गर्ने मनसायमा छन् ?मैले थेत्तरा प्रश्नसँग आजित भएर थेत्तरो प्रतिरोध मनमनै सोचिरहें ।
जब मैले सबै आएका छौं भन्थें । त्यसपछि अरू केही नभएजस्तो उनीहरू सन्तुष्ट हुन्थे । जब एक्लै आएको हो भनेर उत्तर दिन्थें । सबैले जिब्रो काड्थे ।त्यसपछि भन्ने गर्थे— बिचरा तपाईंको श्रीमान् । के गर्नुहुन्छ एक्लै ?खाना पकाउनु कि अफिस जानु कि ? कसरी मेन्टेन गर्नुहुन्छ ?सबै काम आफैं गर्नुहुन्छ कि कोही छ सघाउने ?तिनीहरू प्रश्नमै आत्तिएका हुन्थे । कति भन्थे,‘यसरी श्रीमान्लाई कहा“ एक्लै छाडेको, सल्केलान् कतै ?‘ कति त प्याच्च भन्थे बिचरा बाहुन कति सोझा रहेछन् ?
‘खै यस्तै भयो व्यवहार’मैले यसरी उत्तर दिएँ। पहिला–पहिला त यो प्रश्नको उत्तर मैले सामान्य भाषामादिए“ । ‘यस्तै सल्लाह भयो । उहाँले नै जाऊ भन्नुभएको ।’यो प्रश्न अति नै दोहोरिन थाल्यो । पछि मैले उत्तर नदिई भएन । अनि खुत्तिएर भनें,‘मैले उहाँको हातखुट्टा ल्याइदिएकी छुइनँ । उहाँसँग भएका हातखुट्टा आफैं चलाउनुहुन्छ होला नि ।’
अरबमा गएका लाखौं दाजुभाइका श्रीमतीहरू एक्लै छन् । तिनीहरूको चासो कत्तिको छ हँतपाईंलाई ?वैधव्यको एैकान्तिक जीवन बिताइरहेका उमेरदारी कति केटीलाई तपाईंले को–को केटा खोजिदिनुभयो र सम्झाउनुभयो विवाह गर्न ?कि तिनका आँसुका धारामा नुहाइरहनुभयो ? त्यो विदुर भएको साथीलाई कति दिनमा कुमारी केटी खोजेर बिहे गरिदिनुभयो ?किन सोध्दै हुनुहुन्छ प्रश्न ?ती मुग्लानमा एक्लै रोएका दाजुभाइलाई पनि यसरी नै सोध्नुभयो कि भएन ?कि तपाईं मैले श्रीमान् छाडेकै हो कि भनेर शंकामा हुनुहन्छ ? घर झगडा गरेको रेकर्ड खोज्न चाहनुहुन्छ ?हाम्रो सम्बन्धको अनुसन्धान गर्न चाहनुहुन्छ कि ?यसरी मुर्मुरिन मन भयो मलाई । ‘मलाई मेरा श्रीमान्ले उनका छोराछोरीको गोठालो गर्न पठाएका, म आफू आएकै हुइनँ,’ कतिलाई यसरी उत्तर दिएँ ।कतिलाई लेख लेख्दैहुनुहुन्छ कि क्या हो भनेर उल्टै सोधें । त्यसपछि धेरैको फोन उठाउन छोडिदिए“ । आफन्तलाई भेट्न या फोन गर्न पनि छोडिदिएँ, सर्कलमा यस्तो खबर छुट्यो । ऊ काठमाडौं गएपछि फोन पनि उठाउन छाडी ।
बिचरा...। श्रीमान्लाई यसरी बिचरा भनेर मेरै साथीसंगाती, छिमेकी जानपहिचानले आफन्तले सम्बोधन गरेपछि मलाई पनि बिचरा लागे सबै पुरुष । बिचरा पुरुषहरू! बिचरो मानसिकता ! अवला त यिनीहरू हु“दारहेछन् । शब्दकोशले किन अवला भनेरआइमाईलाई इंगित गरेको होला । स्वास्नी भइन भने जागिरसमेत खान नसक्ने यिनीहरू कठै कति कमला हु“दा रहेछन् । यति कमला पुरुषहरू फेरि स्वास्नी स“गै भएपछि भने कति बलिया हुन सकेका । अधीन तिनैको । कतै जानुपरे आदेश तिनैको । शासन तिनैको । इज्जत तिनैको । स्याहार तिनैको । नाम तिनैको । आकाश तिनैको । हरे सवला ? कहा“निर छौं हऊ हामी ? मैले मलाई हामी नबिचराहरूमाझ खोजिरहें ।
धेरै आफन्त धेरै नजिककाहरूले ‘जे–जे भए नि यसरी छोडेरै नहिँड्नुपथ्र्यो’भनेजस्तो गरी अनुहारबाट विरक्तिका अभिव्यक्ति दिए । शब्द उच्चारण गर्न सकेनन् छेवैमा मौन बसिरहे । तर उनीहरूले मेरो दिनचर्या, मेरो सन्चोबिसन्चो, नयाँ ठाउँको जागिर र मेरो एक्लो यात्राको अप्ठ्यारोको कुनै सन्दर्भै देखेनन् ।छोराछोरी कति पढ्दैछन् भनेर सम्म सोधेनन् । त्यसपछि लाग्यो म कति बलियो रहेछु । कम्तीमा आफ्नो व्यवस्थापन गर्न अरूको चिन्ता उपहार लिनु नपर्ने भएछु ।
हि“ड्नुअघिकाम सघाउने मानिस खोज्नुपर्यो भनेर यताउता सोधखोज गरेको धेरै भइसकेको थियो । केटामान्छे त घरैमा अटाउँदा रहेछन् । हत्तपत्त नपाइने । देश यस्तै छ, कहिले छोरो १६ वर्षको हुन्छ र अरब पठाउने र कमाउने धुनमा रहेका हुन्छन् बाआमा स्वयं । अरू उपायै पनि कहाँ दिएको छ र राज्यले ?कहाँ पाउनु बालिग केटा । काम पनि तिनलाई कम आउने । विश्वास अनुशासन केही नहुने । भरोसै भएन । केटी खोज्नु त झन् सकस रहेछ । पुरुषमान्छे मात्र बसेको घरमा ठाउँ कुठाउ झमेला आउन सक्ने । ठूला राखौं असुरक्षा । साना राखौं बालश्रमको आरोप । कति अमिल्दो स्थिति । कति असुरक्षित हुँदो रहेछ लोग्नेमान्छेको परिवेश । केटो त जहा“ पनि घा“डो मात्र । छक्क पर्दै मेरा अबलालाई अकेला छोडेर म पनि मन खुम्च्याउँदै हिँडेकी त हुँउनकै आदेशमा । तर यो राजधानीकोदिमागको गाण्डिव घरी न घरी मलाई प्रश्नका तीरवर्षा गराइरहन्छ ।तपाईं एक्लै आउनुभो ?
हे प्रारब्ध !यसरी के–के उत्तर दिएर मैले कति समय बिताउनुपर्ला  । भन्न मन लाग्छ ‘अवला हो ! संसारमा मान्छेले आफ्नो जीवन बिताउन आफ्नै कर्म खानुपर्छ । अथवा, जीवन केही क्षणको नाटकजस्तो हो । मन दह्रो बनाऊ र गर आफ्नो स्याहार आफैं । तिमीलाई त्यो सुविधाको चिन्ता भइरहेको हो । आफ्नो सत्ताको संरचनामा केही परिवर्तन भए साह्रै ननिको दुख्छ सत्ताधारीको मन, त्यति न हो । त्यो आराम जोबाट मेरा बिचरा वञ्चित भएका छन्,तिमीलाई त्यसैको चिन्ता होला । तर मैले केही लिएर आएकी छैन सिवाय उनको सम्झना र म ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top