0
 
स्पेनको बार्सिलोनामा हालै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जडान गरिएको यौन खेलौना प्रदर्शन गरियो । उक्त यौन खेलौनाले उसका विभिन्न अंग छोएपश्चात् विभिन्न किसिमको प्रतिक्रिया जनाउँछ । सामन्था नाम राखिएको यो खेलौनाका निर्माता सर्गी सान्तोषका अनुसार यसलाई उनीहरूले इन्टरएक्टिभ बनाएका छन् । स्पर्श बढी मन पराउने सामन्था हिप र पाखुरामा छुँदा चुम्बनका लागि आग्रह गर्छिन् भने चुम्बन गरेपछि उनको आग्रह संवेदशील अंगतर्फ जान प्रेरित गर्ने किसिमको हुन्छ । कसैले संवेदनशील भागमा छँुदा उनको प्रतिक्रिया कामोत्तेजक आवाजमार्फत अभिव्यक्त हुन्छ ।
Source: http://saptahik.ekantipur.com

Post a Comment

 
Top