0
भाद्र २८, २०७३- अप्पो कम्पनीले नेपालमा ‘सेल्फी एक्स्पर्ट अप्पो एफ १ एस’ स्मार्टफोन भित्र्याएको छ । ५.५ इन्चको स्क्रिन भएको यो स्मार्टफोनमा फ्रन्ट सेन्सर १६ मेगापिक्सल र मुख्य सेन्सर १३ मेगापिक्सल विशेषता रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसको अन्य विशेषताहरूमा र्‍याम ३ जीबी, रोम ३२ जीबी, ३०७५ एमएएचको ब्याट्री क्षमता, एमटी ६७५० अक्टा कोर प्रोसेसर, कल ओएस ३.०, एन्ड्रोइड ५.१, भण्डारण क्षमता ३२ जीबी र दोहोरो सिमकार्ड सुविधा रहेको छ।

अप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जिले कम्पनी दक्षिण एसियाली बजारमा केन्द्रित भएकाले नेपाल एक महत्त्वपूर्ण बजार बनेको बताए। उनले भने, ‘अगामी एक वर्षभित्र नेपालमा क्यामरा फोनका पाँच सय वटा बिक्री स्थल र सेल्फी अनुभव प्रदान गर्न ८ वटा अप्पो स्टोरहरू स्थापना गर्ने योजना बनाएका छौं।’

Source: http://kantipur.ekantipur.com


Post a Comment

 
Top