0
भाद्र ३०, २०७३- एनएबी बैंकले 'एक घर एक खाता' योजना ल्याएको छ। हरेक नेपालीमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले बैंकले उक्त योजना ल्याएको हो। बैंकद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले यस्तो बताएका हुन्। यसका लागि बैंकले योजना प्रवर्द्धक दूतमा अभिनेता राजेश हमाललाई नियुक्त गरेको छ।
 'अभियानको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने हो,' पौड्यालले भने। बैंकले गत साउनदेखि नै उक्त योजना सञ्चालन गरेको थियो।
हाल यो योजनालाई देशव्यापी बनाउन लागिएको बैंकले जनाएको छ। यस अभियानमार्फत नागरिकले वित्तीय प्रणालीबाटै कारोबार गर्ने, वित्तीय साक्षरता वृद्धि हुने तथा बचत गर्ने बानीको विकास हुने बैंकले दाबी छ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top