0
भाद्र ३१, २०७३- नेपाली गल्फर शुक्रबहादुर राई, तेन्जिङ छिरिङ र भारतकी सिफत कौर आलग आ-आफ्ना स्पर्धामा विजेता हुँदै ११ औं फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा छनोट भएका छन्।
गोकर्ण गल्फ क्लबमा बिहीबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा इभन पार खेल्दै शुक्र १७-२१ वर्ष उमेर समूहमा पहिलो भए।  समग्र स्कोर १ अन्डर २ सय १५ रह्यो। यसमा युवराज भुजेल (१६ ओभर २ सय ३२) दोस्रोमा रहे।
सात स्ट्रोक पछाडि रहेर अन्तिम दिनको खेल सुरु गरेका तेन्जिङले पनि ७२ स्ट्रोक खेले। भारतका आर्यन कुमारले ११ ओभर ८३ स्कोर गरेपछि तेन्जिङको भाग्य खुलेको हो। कुल १४ ओभर २ सय ३० स्कोर गरेका तेन्जिङले चार स्ट्रोकको जित निकालेका हुन्।
गल्सतर्फ भारतीय सिफतले ५ ओभर ७७ स्कोर गर्दै ५४ होलको प्रतियोगिता २० ओभर २ सय ३६ मा टुंग्याइन्। दोस्रो भएकी प्रतिमा शेर्पाको प्रदर्शन खासै राम्रो रहेन। अन्तिम दिन १४ ओभर ८६ को कार्ड बनाएकी उनको समग्र स्कोर ४६ ओभर २ सय ६० रह्यो।

Post a Comment

 
Top