0
भाद्र २८, २०७३- भारतको कश्मिरमा मुसलमानहरुको महान् पर्व बकर इदको दिनमा पनि प्रशासनले कर्फ्यू लगाएको छ ।
मंगलबार भएको हिंसात्मक भिडन्तमा एक प्रदर्शनकारीको मृत्यु हुनुका साथै २२ जना घाइते भएपछि प्रशासनले विगत एक महिनादेखि जारी कर्फ्यूलाई इदका दिन पनि कायम राखेको हो ।

प्रशासनले कर्फ्यू आदेश जारी गरेसँगै कश्मिरमास्थित विभिन्न महत्वपूर्ण मस्जिद जाने बाटोमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ । मस्जिदमा जाने बाटोहरु पूर्ण रुपमा बन्द गरिएको छन् ।

यस्तै प्रशासनले त्यहाँ चालू मोबाइलको डाटा सर्भिसलाई पनि बन्द गरेको छ । विगत हिंसात्मक प्रदर्शन भएपनि पर्वको बेलामा भने कर्फ्यू लगाइादैन थियो । प्रशासनले इदका दिन प्रदर्शनकारहरुले यूएनको कार्यालयमा धर्ना दिने कार्यक्रम राखेका कारण कर्फ्यू लगाइएको दाबी गरेको छ ।

भरातीय समाचार संस्था पिटिआईका अनुसार २६ वर्षपछि इदका दिन कश्मिरको महत्वपूर्ण मस्जिदहरु इदगाह र हजरातबलमा सामूहिक प्रार्थना आयोजना भएन ।

यस्तै कश्मिरका मिडियाका अनुसार इदको पूर्व सन्ध्यामा बजार केही समयका लागि खुल्ला गरिए पनि मानिसहरुको भने पतलो उपस्थिति मात्रै रहेको थियो ।

कश्मिरका २२ वर्षीय उद्रवादी नेता बुरहान वानीको सुरक्षा कारवाहीमा मृत्यु भएसँगै भड्किएको हिंसामा ७० जनाले ज्यान गुमाइसकेका छन् ।

Post a Comment

 
Top