0
भाद्र २९, २०७३- फिल्म ‘छक्का पञ्जा’पछि अभिनय बिराम लगाएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को पुनरागमन भएको छ ।
‘डिप्रेसन’ भएको भन्दै सामाजिक सञ्जालमासमेत दर्शकले चिन्ता जनाइरहेकाबेला बुधबार मैतीदेवीको एक स्टुडियोमा उनले आफ्नो गीतको सुटिङ गरे । हरि लम्सालको संगीत तथा आफ्नै शब्द र स्वरको ‘मन्त्रीको सालो.....’ को सुटिङ सुरु गरे ।
माग्ने बुढा दीपक आचार्यको निर्देशनको म्यूजिक भिडियो सुटिङमा थिए । औषधिले थकित माग्ने बुढालाई पूरा सुटिङ अवधिभर श्रीमतीले साथ दिइन् । ‘अली गल्नुभएको छ,’ उनले कान्तिपुरसित भनिन्, ‘तर सुधार हुँदैछ ।’
यूरोप भ्रमणमा जाँदा लेखेको गीतको म्यूजिक भिडियो बनाउने रहर लामो समयपछि पूरा भएको उनले बताए । ‘बीचमा सन्चो भएन, अहिले ठीक हुँदैछ,’ उनले भने, ‘दर्शकको चिन्ता पनि पाइयो, ठीक हुँदैछु भन्ने सन्देश यही गीतमार्फत दिन चाहन्छु ।’
माग्ने बुढाले आफ्नो स्वास्थ्यप्रति चिन्ता जनाउँदै शुभेच्छुकहरुले आर्थिक सहयोग गर्न घरसम्मै आएको बताए । ‘तर मैले अहिलेसम्म चाहिएको छैन, मेरै खर्चले धानेको छु भनेको छु,’ उनले भने, ‘सकभर म सहयोग लिन चाहन्न ।’
माग्ने बुढाले आफ्नो उपचारका लागि सरकारले पनि सहयोग गर्ने चासो देखाए पनि अस्वीकार गरेको बताए । हेर्नुहोस् 

Post a Comment

 
Top