0
रेखा थापा, अभिनेत्री
कति वर्ष पुगियो ?
बल्ल जवानी चढेको अवस्था भन्नुपर्छ । यसअघिसम्म म नाबालक थिए, अब बल्ल त फक्रिएकी छु ।

यसरी कहिलेसम्म उमेर लुकाउने ?
मैले उमेर लुकाएकी छैन । मेरो सही उमेर पत्ता लगाउन निकै सजिलो छ ।

नायिकाहरूलाई उमेर बढ्दै जाँदा चिन्ता लाग्छ, होइन ? 
म अरूको कुरा जान्दिनँ । मलाई भने जति–जति उमेर बढ्दै जान्छ, आफूमा परिपक्वता बढेको महसुस हुन्छ ।

यो वर्ष कसले तपाईंको बर्थ डे विस गरेन ?
मेरो एक्स ब्वाइफ्रेन्डले, नामचाहिँ भन्न मिल्दैन ।

झन्डै ४० लाग्दा पनि १६ वर्षकी जस्ती नक्कलीचाहिँ किन हो ?
वास्तवमा मलाई ४० पुगेकाले ४० देख्छन्, १६ लागेकाले १६ देख्छन् । १२ वर्षका नानीहरू मसँग भाँडाकुटी खेल्न चाहन्छन् । उमेर वर्ष गनेर होइन, मनले बढ्ने हो । फेरि कसले भन्यो म ‘झन्डै ४० लागेको’ भनेर ?

किन, होइन र ?
विकिपिडिया अनुसार म ३४ भएँ रे, तर त्यो पनि गलत छ ।

अब के सधैं यस्तै भइन्छ जस्तो लाग्छ ?
मनले चाहेको खण्डमा सधैं यस्तै भइन्छ ।

अब त विवाह गरेर मम्मी बन्ने बेला भएन भन्या ? कति आफैं मम्मीको हात समातेर हिंड्ने ?
मम्मीको हात समातेर हिंड्नै पुगेको छैन र कहिल्यै नपुगोस् पनि । बरु अहिले म कसैको हात समात्न खोज्दैछु तर सही उम्मेदवार फेला पारिरहेकी छैन ।

उसो भए रेखा थापाले विवाहका लागि खुल्ला विज्ञापन नै दिनुपर्ने भएको हो त ?
ओहो, त्यो त साप्ताहिकबाटै गरे त आभारी नै हुने थिएँ । यो कल्याणकारी कार्य पनि गरिदिनोस् न प्लिज ।
Source: http://saptahik.ekantipur.com

Post a Comment

 
Top