0
आश्विन १, २०७३- नेपाल एपीएफ क्लब र न्यु डायमन्ड एकेडेमी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको सेमिफाइनलमा भिड्ने भएका छन्। 
न्यु डायमन्डले शुक्रबार ढोरपाटन स्पोटर््स ट्ेरनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो। न्यु डायमन्डले २५–४, २५–१३ र २५–८ को जित निकाल्यो।
एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–११, २५–६ र २५–११ को सेटमा हरायो।
राखेप कभर्डहलमा पुरुषतर्फ भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपालले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले स्तब्ध पार्‍यो। पुलिसमाथि २५–१९, १८–२५, २५–१८, १८–२५ र २५–२३ को जितपछि हेल्प नेपालले अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। दोस्रो क्वाटरफाइनल खेलमा एपीएफले प्रगतिशील युथ क्लबलाई २५–१९, २५–१८ र २५–१५ को सेटमा हराउँदै सेमिफाइनलमा हेल्प नेपालसँग भेट पक्का गर्‍यो। शनिबार चार क्वाटरफाइनलका खेल हुनेछन्। महिलातर्फको क्वाटरफाइनल खेलमा पुलिस र आर्मी तथा पश्चिमाञ्चल टप्स र काभ्रे जिल्ला भलिबल संघ प्रतिस्पर्धा गर्नेछन्। यस्तै पुरुषतर्फ आर्मी र मणिमुकुन्द तथा पश्चिमाञ्चल र ढोरपाटनबीच खेल हुनेछन्।

Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top