0
Image result for dashrath stadium disaster आश्विन १, २०७३- ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ ।
रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको अहिलेसम्म रु ३४ लाख ४० हजार रकम लगानी भइसकेको छ ।
रकम अभावले निर्माण सुस्ताएको उक्त रङ्गशालाको निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयबाट रु ५० लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुग्दा नेपालमा गत वर्ष वैशाखमा भूकम्प गएकाले रकम उपलब्ध सकेन । यसबाट पनि रङ्गशालाको काम अघि बढ्न नसकेको खलङ्गटार उमाविका शिक्षक शिवकुमार थाम्सुहाङले जानकारी दिए ।
खलङ्गाटार उमावि याङ्नामको स्वामित्वमा रहेको खेल मैदान याङ्नाम गाविसका सरोकार भएका सङ्घ संस्थाको परिकल्पनाबाट २०६४ साल फागुनदेखि निर्माण थालनी भएको हो ।
रङ्गशाला निर्माणका लागि पर्याप्त रकम जुटाउन नसक्दा निर्माण थालनी भएको एक दशक पुग्दा पनि पूर्णता दिन नसकिएको शिक्षक थाम्सुहाङले बताए ।

Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top