आश्विन ४, २०७३- २ ०७२ वैशाख १२ र २९
गतेका दुई ठूला विनाशकारी भूकम्पबाट देशले मानवीय, आर्थिक अनि भौतिक क्षति
बेहोर्न पुग्यो, जसको असर निकै लामो समयसम्म रहन सक्छ । हुन त तत्पश्चात
पुनर्निर्माण र नवनिर्माणका धेरै बहस भए, खाका तयार पारिए, अन्तर्राष्ट्रिय
सहयोगको ठूलै प्रतिबद्धता पनि आयो ।
ब्यापक राजनीतिक खिचातानीबीच मुस्किलले पुनर्निर्माण प्राधिकरण पनि बन्यो । तथापि भूकम्प प्रभावितहरूले अस्थायी बासस्थानबाट अझै पनि स्थायी घरमा सर्न पाएका छैनन् । गाँस, बास र कपासको अन्योलले अन्य क्षेत्रलाई ओझेल पारिरहँदा उनीहरूका बालबच्चाको शिक्षा र स्वास्थ्यको गूणस्तरमा प्रश्न उठाउने अवस्था छैन । १४ जिल्लाका झन्डै ६ हजार बढी विद्यालयका भवनहरू क्षति भए पनि केही दातृ संस्थाको सहयोगमा १५०० जतिको मात्रै पुनर्निर्माण गरिएको छ भने बाँकीको हालत नाजुक छ । तर सरकारको आउने र जाने क्रमसँगै प्रभावितहरूप्रति सहयोगका नयाँ—नयाँ प्रतिबद्धताले कीर्तिमान राखिरहँदा तिनको कार्यान्वयनको पाटो भने त्यति नै फितलो छ । सरकारका क्रियाकलाप अविछिन्न हुनुपर्ने हो, तर यहाँ त पहिले नै प्रतिबद्धता गरिएका सहयोगका वाचा पुरा गराउन उदासीन हुने, पीडितहरूको पीडामाथि पनि राजनीतिक भागबन्डाले विजय पाउने अनि प्रतिबद्धतामाथि प्रतिबद्धतामात्रै थपिँदा दूूरदराजका भूकम्प पीडितहरू निराश बनेको पाइन्छ ।
भूकम्पबाट देशका अन्य भागझैं सिन्धुपाल्चोक जिल्ला पनि नराम्रोसँग प्रभावित भयो । बस्तीहरू उजाड बने, सयौंको ज्यान गयो र राज्यको प्रभावकारी उपस्थिति कम हुँदा धेरैले आफूलाई बेसहारा महसुस गरे । गुमाएका आफन्तलाई फर्काउन त सकिन्न, तर नागरिक तहबाट गाउँका निम्ति केही न केही भने अवश्य गर्न सकिन्छ । सिन्धुपाल्चोकस्थित गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणको अवधारणामार्फत कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरे अनि अर्जुन न्यौपानेले त्यो बस्ती निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै एउटा उदाहरणीय कार्य गरेका छन् । काभ्रे जिल्लामा पनि बस्ती निर्माणको कामद्वारा आफूलाई प्रमाणित गरिसकेका उनीहरूले आर्थिक सहयोगको याचना गर्दा देशभित्र र बाहिर रहेका कोमल हृदयका धनी नेपालीहरूको मन नछुने कुरै भएन । सहयोग यसरी संकलन भयो कि अन्त्यमा रकम पुगेको भनी उनीहरूले त्यो अभियान बन्द गरिएको घोषणा नै गर्नुपर्यो ।
उनीहरूको यो प्रयासमा ऐक्यबद्धता जनाउने हेतुले गत जेठमा नेपाल आएको मौका पारी उक्त बस्ती निर्माण अभियानमा व्यक्तिगत रूपमा थोरै भए पनि आर्थिक सहयोग गर्नुका साथै बस्तीमै गई त्यहाँको अवस्थाको जानकारी लिएको थिएँ । पहिलो पटक त्यहाँ पुग्दा उनीहरूमा जोश, जाँगर तथा आत्मविश्वास त थियो, तर निर्माण कार्यले गति नै भने लिइसकेको थिएन । तर त्यसको ३ महिनापछि गत महिना फेरि त्यहाँ पुग्दा अवस्था विलकुल भिन्न थियो । निर्माणले गति लिएको थियो, पिलरहरू ठडिएका थिए, घरका पर्खालहरू बनिरहेका थिए र गिरान्चौर बदलिँदै छ भने स्पष्ट आभास हुन्थ्यो ।
उत्रै र उही डिजाइनका ६५ वटा घर निर्माणले तीव्रता पाएको छ, जसलाई दसैंको आसपासमा त्यहाँका बासिन्दालाई हस्तान्तरण गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ । अनुसन्धानका दृष्टिले पनि यो अभियान अर्थपूर्ण छ । किनभने भूकम्पले सताइरहने जापान लगायतका विकसित देशमा पनि त्यसपछिको पुनर्निर्माणमा सबैका घर उत्रै र उही डिजाइनमा बनाउन सफल भएझैं लाग्दैन । फेरि हाम्रोजस्तो विविध जातजातिका समुदायहरू एउटै समाजमा बसेको भए पनि ४०० घरधुरीका ती समुदायमध्ये यसरी उत्रै र एउटै डिजाइनका घर बनाएर बस्न राजी हुनेमा ६५ घरधुरीका तामाङहरू मात्रै भएको त्यहाँका बासिन्दासँगको संक्षिप्त कुराकानीबाट थाहा भयो । तामाङ समुदायमात्रै आफ्नो जग्गा पहिला जति भएको भए पनि उत्रै र एउटै डिजाइनको घरमा बस्न राजी हुनुले अरू जातिमा भन्दा सामाजिक पुँजी (सोसियल क्यापिटल) को दर यो समुदायमा उच्च रहने सम्भावनालाई अनुसन्धान गर्न प्रेरित गर्छ ।
एकआपसमा हुने विश्वासलाई सामाजिक पुँजीको एउटा महत्त्वपूर्ण कडीका रूपमा लिइन्छ । यी ६५ घरधुरीका मानिस बस्ती निर्माणमा एकजुट भएर लाग्ने र सँगै बस्ने अवस्थाले उनीहरूमा विश्वास, सहयोग अनि सद्भावजस्ता सामाजिक पुँजीसम्बन्धी पक्ष बलियो हुने हो कि भन्ने देखिएको छ । यी र यस्तै अवस्थाको अध्ययन गर्ने हेतुले मेरो नेतृत्वमा टोकियो विश्वविद्यालय अनि योकोहामा राष्ट्रिय विश्वविद्यालयका हामी तीनजना प्राध्यापकले प्राकृतिक प्रकोपमा पर्ने नेपाल लगायतका विकासोन्मुख देशका लागि सहयोगका नमुना तयार पार्नुको अलावा सबैभन्दा बढी प्रभावित हुने ठानिएका अपांग नागरिक, महिला, बालबालिका अनि ज्येष्ठ नागरिकहरूमा पर्ने असर भूकम्पपूर्व अनि भूकम्पपछिका तथ्याङ्क संकलन गरी अनुसन्धान गर्ने योजना रहेको छ । त्यसका लागि हामी आगामी दुई वर्षसम्म रामेछाप, सिन्धुपाल्चोक, काभ्रे अनि गोरखा लगायतमा आफ्नो अनुसन्धानलाई केन्द्रित गर्दैछौं । त्यहाँका मानिससँगको संक्षिप्त कुराकानी र त्यो अभियानको अवलोकन गर्दा मलाई के लागेको छ भने गिरान्चौर एकीकृत बस्ती निर्माण राष्ट्रिय अनि अन्तर्राष्ट्रिय रूपमै एउटा नमुना बन्ने सम्भावना छ, जहाँ सरकार नभई नागरिक तहको सहयोगमा पुनर्निर्माणको काम भएको छ । यसरी घर निर्माण हुँदा सरकारले दिने भनिएको सहयोग त्यहाँका मानिसलाई प्राप्त हुँदैन, जसको बारेमा उनीहरूमा थोरै पनि गुनासो नरहनु दोहोरो सुविधामा रमाउन खोज्ने हामी जस्ताका निम्ति गतिलो पाठ हुनसक्छ ।
सुरु—सुरुमा आफ्नो यो अभियानमा खासै कसैले ध्यान नदिए पनि नागरिक तहबाट भएको सहभागिताबाट केही राजनीतिक नेतृत्वले सकारात्मक साथ दिन थालेको कलाकार सीताराम कट्टेलले बताएका थिए । साथै अभियानमा उत्तिकै खटिएका अर्जुन न्यौपानेले यो अभियानलाई सकारात्मक भन्न कसैले कन्जुस्याइँ नगरे पनि भूकम्प प्रतिरोधी घरको डिजाइनमा भने इन्जिनियरहरूको खुलेर सहयोग पाउन नसकेको दुखेसो व्यक्त गरेका थिए । आफैंले इन्टरनेटमा अध्ययन गरेर डिजाइन तयार पारेको बताउने उनलाई जाइकाले नेपालका लागि तयार पारेको बलियो घरको नमुना जसलाई जापानीमा ‘गान्जो हाउस’ भनिन्छ, त्यसबारे समेत थाहा नभएको पाइयो । उनीहरूले निर्माण गरेका यी घरहरू सायद केही स्वयंसेवी इन्जिनियरहरूको साथ पाएको भए अझ उत्कृष्ट बनाउन सकिन्थ्यो होला । तर सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्व बोध गर्दै समुदायको साथमा बढेको यो बस्ती निर्माणले त्यस्ता केही कमजोरी भए पनि तिनलाई ओझेलमै पार्ने विश्वास गर्न सकिन्छ ।
बस्ती हस्तान्तरण गर्ने लक्ष्य सकिन अब केही हप्तामात्रै बाँकी रहँदा त्यहाँ श्रमदानको आवश्यकतालाई प्रत्यक्ष रूपमै महसुस गर्न सकिन्थ्यो । एकातिर भत्किएका भग्नावशेषलाई वर्षायामसँग जुधेर गिरान्चौर करिब चार महिनामा बस्नलायक बने पनि ठूलै धनराशि खर्च गरेर सरकारको प्रत्यक्ष संलग्नतामा देशका विभिन्न भागमा गरिएका निर्माण कार्यले भने अझै अपेक्षित गति लिनसकेका छैनन् । पीडितहरूले एक जाडो र दुई वर्षायाम जेनतेन गुजारिसकेका छन् । तर पनि स्थायी बसोबासको टुङ्गो कहिले लाग्ने हो, अझै पत्तो छैन । उनीहरूले प्राप्त गर्ने सहयोगका प्रतिबद्धतामा वृद्धि गरिए पनि लक्षित समुदायमा त्यो कहिले पुग्ने हो, अझै ठेगान छैन । फलत: हामी घरभित्र बस्दा पनि जाडोले कठ्याङग्रिएको या वर्षाले सताएको महसुस गर्छौं भने यी पीडितको अवस्था कति कठिन रूपले गुज्रिएको होला, अनुमान गर्न गाह्रो हुँदैन ।
अन्त्यमा, सधैं साधन र स्रोतको कमीलाई बहाना बनाएर काम नगर्ने हाम्रो प्रवृत्तिमाथि गिरान्चौर एउटा अर्थपूर्ण जवाफ हुनसक्छ । गतिलो नेतृत्व राष्ट्रले पाउने, उनीहरूले राष्ट्रनिर्माणमा इमानदारीसाथ लाग्ने र जनपरिचालन गर्ने हो भने हाम्रै जीवनकालमा त्यस्तो परिवर्तन असम्भव हुनुपर्ने कारण के होला र ? आफ्नो टोल, गाउँ, समाज र राष्ट्र बनाउन जनता कति व्यग्र छन् र आफूले सकेको गर्न तयार छन् भन्ने त यसरी नै जनसहभागिताबाट तयार हुँदै गरेका पुनर्निर्माणका कामले स्पष्ट पार्छन् ।
Source: http://kantipur.ekantipur.com

Post a Comment