भाद्र २६, २०७३- अल्बर्ट
ओग्लेट्री वल्र्ड ट्रेड सेन्टरको उत्तरी टावरको कान्टोर फिज्गेराल्ड
क्याफेटेरियामा काम गर्थे । उनी फोर्टे फुड सर्भिसमा फुड ह्यान्डरका रुपमा
जागिरे थिए । सन् २००१ को सप्टेम्बर ११ मा अमेरिकाको आर्थिक राजधानी
न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा गरिएको आतंकवादी आक्रमणमा मारिने २९
सय ८३ र १९९३ फेब्रुअरी २६ मा ट्रेड सेन्टरमा भएको बम बिस्फोटनमा मारिने
मध्येका उनी एक हुन् ।
ओग्लेट्री त्यस्ता ७ पीडित पनि हुन् जसको तस्बिर तल्लो म्यानह्याटनस्थित ‘नेशनल सेप्टेम्बर ११ मेमोरियल म्युजियम’ को ठूलो ग्यालरीमा टांगिएको छैन । संग्राहलयका अधिकारीहरुले उनको तस्बिर उपलब्ध गराउन सक्ने वा बनाउन मद्दत गर्न सक्नेको वर्षौं खोजि गरेपनि केही फेला पार्न भने सकेका छैनन् ।
त्यहाँ रहेका तस्बिरहरुले सेप्टेम्बर ११ पछिका सुरुवाती समयलाई वर्णन गरिरहे झैं लाग्दछ । घटना लगत्तै ल्याम्पपोस्ट, बुलेटिन बोर्ड र अस्पतालका भित्ताहरुमा टाँसिएका ‘हराएका’ व्यक्तिको तस्बिरले त्यहाँ हुँदै अगाडि बढ्नेलाई आफूलाई कहीँ कतै देखेको सम्झना गराउन बाध्य गराएको क्षणको याद दिलाई दिन्छ । त्यही तस्बिरहरुले नै विभिन्न छापा तथा अनलाइनका पृष्ठहरु भरिएका थिए । तिनै तस्बिर बोकेर मानिसहरु श्रद्धाञ्जली सभा र विरोध प्रदर्शनका लागि भेला भएका थिए ।
संग्राहलयको उद्देश्य सामान्य तर चुनौतीपूर्ण छ– हरेक मृतकको तस्बिर संकलन गरेर त्यसलाई दु:ख, पीडा, जीवन र खुशीको एउटै मालामा उनेर प्रस्तुत गर्नु ।
‘हाम्रो सुरुदेखिको उद्देश्य भनेकै उक्त घटनामा मारिएका सबैको तस्बिर यहाँ लगाउनु हो,’ संग्राहलयका मुख्य क्युरेटर जानसेड्लर रामिरेजले भने ।
त्यहाँ सेप्टेम्बर ११ का दिन न्यूयोर्क, पेन्टागन र १९९३ मा मारिएका ६ जनाको तस्बिरहरु टांगिएका छन् । ‘बाहिर मेमोरियलमा लेखिएका नामहरुसँग यी तस्बिरलाई जोड्नु हाम्रो लागि चुनौतीपूर्ण कुरा हो,’ डा. रमिरेजले भने, ‘हामी मनगणन्ते तथ्यांकको पछाडि लागेका छैनौं । हामी त्यस दिन मारिएका हरेक व्यक्तिलाई सम्मान गर्दै उनीहरुलाई चिन्नेले सधैं सम्झिरहन सकुन् भन्ने चाहन्छौं ।’
तीनजना मृतकका परिवारले आफ्ना सदस्यको तस्बिर सार्वजनिक रुपमा प्रदर्शन नगर्न आग्रह गरेका छन् । त्यसकारण १० जनामध्ये सातजनाको खोजी अहिले पनि जारी छ ।
ग्यालरीमा ५ इन्च चौडाई र ७ इन्च लम्बाईका ३ हजार तस्बिर अटाउँछन् । जसमा १२ खण्ड छन् र एक खण्डमा २५० तस्बिर राखिएको छ । १० मृतक जसको तस्बिर फेला पारिएको छैन वर्णानुक्रम अनुसार उनीहरुको स्थान खाली राखिएको देखिन्छ । उनीहरुको अनुहारको ठाउँमा एउटा सिरुको रुखको रातो मिसिएको हरियो पातको तस्बिर राखिएको छ ।
बिना तस्बिरका ती नामहरु ४८ वर्षीय ग्रेजोरियो म्यान्युल चाभेज, ४३ वर्षीय केरेन गोर्डन, ३७ वर्षीय विल्फेर्डो मेर्काडो, ४९ वर्षीय अल्बर्ट ओग्लेट्री, ४३ वर्षीय आन्टोनियो डार्से प्राट र ४४ वार्षीय चिङ पिङ टुङ छन् ।
हालसम्म अपरिचित सातजना मध्ये चारजना फुड सर्भिसका लागि काम गर्थे । गरिब परिवारबाट आएका हुँदा उनीहरुको सार्वजनिक विवरण पहिल्याउन नसकिएको थाह हुन्छ । घटना भएको पनि १५ वर्ष बितिसकेको छ ।
त्यसै पनि ३ हजार तस्बिर संकलन गर्नु आफैंमा ठूलै कार्य हो जुन संग्राहलय खुल्नु धेरै अघि देखि सुरु भएको थियो ।
डा. रमिरेजका अनुसार पहिलो तस्बिरहरु अदालतबाट प्राप्त भएको थियो । जुन त्यहाँ ९/११ का संदिग्ध मध्येका एक जाकारियास मौसासवी विरुद्ध अदालती सुनुवाईका बेला प्रमाणका रुपमा पेश गरिएको थियो । अन्य भने ट्रेड सेन्टरमा रहेका कम्पनी तथा वारुणयन्त्र र प्रहरीबाट प्राप्त भएका थिए । ट्रेड टावरमा मारिनेमा एक तिहाई व्यक्ति अग्निनियन्त्रक र प्रहरी थिए ।
सन् २०१४ मा संग्राहलय खोलिँदा २१ वटा तस्बिरहरु उपलब्ध थिएनन् । हालसम्म आइपुग्दा सो संख्या ७ मा झरेको छ र सय वटाभन्दा बढी तस्बिरलाई अन्य राम्रा तस्बिरले प्रतिस्थापन गरिएको छ ।
‘हामी श्रद्धाञ्जली र सम्झना स्वरुप यहाँ बालिएको मैनबैत्तीलाई सधैं उज्जवल कसरी बनाइराख्ने भन्ने खोजीमा छौं,’ डा. रमिरेजले भने ।
Source: http://kantipur.ekantipur.com

Post a Comment