एनआरटीले ७ खेलबाट १७ अंक बटुलेको छ, जुन दोस्रो स्थानमा रहेको रानीपोखरी कर्नर टिमभन्दा २ अंक बढी हो। रमेश घिसिङले गरेको गोलमा नयाँबस्तीले २० औं मिनेटमा अग्रता लिएको थियो। तर अपराजित एनआरटीबाट राजकुमार घिसिङले ४३ औं मिनेटमा बराबरी गोल गरे। वीरेन्द्र थापाले ६३ औं मिनेटमा गरेको हेड गोलले एनआरटी पुन: शीर्षस्थानमा उक्लिएको हो।
खुमलटार युवा क्लबले सामाजिक युवा क्लबलाई ३–२ ले पराजित गर्यो। सामाजिकका भुवन राउतले २७ औं मिनेटमा टिमको खाता खोलेका थिए। सविरकुमार चौधरीले ३६ औं मिनेटमा गोल गरी खुमलटारलाई बराबरी पुर्याए। भुवनले ४७ औं मिनेटमा गोल गर्दै टिमलाई पुन: अग्रता दिलाए। वीरेन्द्र थारूको पेनाल्टी गोलमा ७० औं मिनेटमा बराबरीमा आएको खुमलटारका लागि खेल समाप्त हुन ९ मिनेटअगाडि सविरले विजयी गोल गरे।
Source: http://kantipur.ekantipur.com
Post a Comment