भाद्र २६, २०७३- परम्परागत
(फिजिकल) ‘मार्केटिङ’ र डिजिटल मार्केटिङ अहिले खुबै चल्तीका शब्द हुन ।
यी दुवै शब्दलाई धेरै उदाहरणले छुट्याउन सकिन्छ । सामान्य भाषामा
पत्रपत्रिका, टेलिभिजन, रेडियो, व्यक्तिगत सम्बन्ध, पोष्टर जस्ता चलिआएका
माध्यमबाट हुने मार्केटिङलाई परंपरागत र सोसल मिडिया, वेबसाइट, ब्लगजस्ता
नयाँ माध्यमबाट हुने मार्केटिङलाई डिजिटल मार्केटिङ भनिंदै आइएको छ ।
डिजिटल मार्केटिङसँग इन्टरनेटको प्रयोग जोडिएर आउँछ ।
परम्परागत माध्यमबाट हुने मार्केटिङको कमजोरी के भने यसमा कुनै ब्राण्ड वा प्रडक्टले आफूले चाहेको समुदायमा पुग्न त्यही समुदायमा लोकप्रिय माध्यमलाई छान्नुपर्ने हुन्छ । तर, त्यो प्रभावकारी हुन्छ कि हुन्न त्यसको ग्यारेन्टी हुन्न । र यसको प्रभाव पनि तत्काल थाहा हुँदैन । डिजिटल मार्केटिङमा आफूले चाहेको समुदायको तथ्यांक संकलन गरी ठ्याक्कै उही व्यक्ति समक्ष पुर्याउन सकिन्छ । यसो गर्नु प्रभावकारी हुन्छ । र, सस्तो पनि । साथै, यसको प्रभाव पनि चाँडै नाप्न सकिन्छ ।
डिजिटल मार्केटिङका लागि काम लाग्ने जानकारी संकलनको लागि सबैभन्दा ठूलो स्रोत वेबसाइटको ट्राफिक हो । र, यस्तो ट्राफिकको जानकारी संकलनको लागि सबैभन्दा चलिआएको माध्यम ‘गुगल एनालिटिक्स’ हो । सन् २००५ देखि सुरु गुगल एनालिटिक्स पटक पटक परिमार्जन हुँदै भिजिटरको साना साना तथ्यांक संकलन गर्नसक्ने भएको छ । जानकारहरु भन्छन्, डिजिटल मार्केटिङको अवधारणा सुरु हुनुमा गुगल एनालिटिक्सको भूमिका महत्वपूर्ण छ ।
यसले पेजको रियल टाइम भिजिटरदेखि कुन उमेर समूह, कुन भुगोल, उनीहरुको रुची, उनीहरुले चलाउने डिभाइससम्मको जानकारी दिन्छ जुन तथ्यांक मार्केटिङको रणनीति बनाउन गुणी साबित भएको छ । साथै, आफ्नो वेबसाइटको रुचाइएको सामग्री, यसमा भिजिटर कसरी आए भन्नेसम्मका तथ्यांक यसैबाट थाहा पाउँन सकिन्छ । राम्रो रणनीति बनाउन राम्रो जानकारीहरु संकलन गर्नु आवश्यक हुन्छ र यसका लागि यस्ता एनालिटिक्सहरु महत्वपूर्ण सावित हुन्छन् । र, यीमध्ये गुगल एनालिटिक्स लोकप्रिय छ ।
अनलाइन मेजरमेन्ट एण्ड स्ट्राटेजी रिपोर्टका अनुसार ५४ प्रतिशत वेबसाइटले आफ्नो भिजिटरको तथ्यांक संकलनका लागि गुगल एनालिटिक्स प्रयोग गर्छन् । र, अन्य धेरै एनालिटिक्स टुलको बजार हिस्सा गुगलको तुलनामा निकै कम छन् । यस हिसाबले हेर्दा अहिलेको डिजिटल मार्केटिङको श्रेय गुगल एनालिटिक्सलाई जान्छ ।
गुगल एनालिटिक्सको आगमनले डिजिटल मार्केटिङ परम्परागतभन्दा अघि बढ्न मद्दत मात्रै गरेको छैन, यसले मार्केटिङको परिभाषा पनि बदलेको छ । परम्परागत मार्केटिङमा प्रयोग हुने डाइरेक्ट मार्केटिङ, एड्भरटाइजिङ, पर्सनल सेलिङ, सेल्स प्रमोसन र पब्लिसिटीजस्ता रणनीतिहरु अहिले डाइरेक्ट, अग्र्यानिक रिच, सोसियल, रिफरल, पेड सर्चजस्ता शब्दले विस्थापित हुने क्रममा छन् ।
तर, डिजिटल मार्केटिङमा फरक माध्यम प्रयोग भएपनि यीनले अपनाउनले रणनीति भने लगभग उही डाइरेक्ट मार्केटिङ, एड्भरटाइजिङ, पर्सनल सेलिङ, सेल्स प्रमोसन र पब्लिसिटी जस्तै हो ।
जस्तो: फेसबुकमा विज्ञापन दिएर कुनै सामानको प्रचार गरेपनि, वा आफ्नो फेसबुक पेजमा पोष्ट गरेर जानकारी गराएपनि यी रणनीति उही परम्परागत जस्तै हुन्छन् । माध्यममात्रै फरक ।
दुई साता अघि मात्रै चर्चित मेसेजिङ एप ‘ह्वाट्सएप’ले विज्ञापन राख्ने निर्णय सार्वजनिक गरेको छ । उसको निर्णयअनुसार अब ब्राण्ड वा कम्पनीले पैसा तिरेर आफूले चाहेको प्रयोगकर्तालाई सोझैं म्यासेज पठाउन सक्नेछन् । यहीअनुसार भएमा यसलाई ‘पर्सनल सेलिङ’ मान्न सकिन्छ । फरक यत्ति हो परम्पगत ढाँचामा उपभोक्तालाई बिक्री गर्नेले प्रत्यक्ष भेटेर किन्न मनाउँथे अहिले यो काम प्रविधिको प्रयोग गरी भइरहेको छ ।
यसरी हेर्दा, डिजिटल मार्केटिङमा फरक मात्र माध्यमको छ, बाँकी रणनीति परम्परागत माध्यमझैं । परम्परागत माध्यममा प्रभावकारी पत्रपत्रिका, टेलिभिजन र रेडियो थिए भने अहिले वेबसाइट, सोसल मिडिया र सर्च इन्जिनले यो स्थान लिएका छन् वा लिनेक्रममा छन् ।
डिजिटल मार्केटिङमा संकलन गरिएको प्रयोगकर्ताको जानकारी महत्वपूर्ण हुन्छ । त्यसैले होला, ह्वाट्सएपले फेसबुकलाई आफूसँग भएको प्रयोगकर्ताको सबै फोन नम्बर दिंदैछ । जसका कारण फेसबुकलाई आपसमा नम्बर साटासाट गरेका तर फेसबुकमा साथी नभएकाहरुबीच ‘फ्रेन्ड’ सुझाउन सजिलो हुनेछ ।
तथ्यांकअनुसार अहिले विश्वका करिब साढे तीनअर्ब मानिस अर्थात विश्व जनसंख्याको ४० प्रतिशत इन्टरनेटको पहुँचमा छन् । आजभन्दा २१ वर्षअघि सन् १९९५ मा इन्टरनेटमा पहुँच हुने विश्वको जनसंख्या १ प्रतिशतमात्रै थियो । सन् १९९९ देखि सन् २०१३ सम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या १० गुणा बढेको थियो । सन् २०१० पछिमात्रै इन्टरनेटमा पहुँच हुने मानिसको संख्यामा झण्डै डेढ गुणा बृद्धि भएको छ । त्यो बेला विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ अर्बभन्दा अलि बढी थियो । र, सन् २०१४ मा यो संख्याले ३ अर्ब छोएको थियो ।
इन्टरनेशनल टेलिकम्युनिकेशन यूनियन र संयुक्त राष्ट्रसंघ जनसंख्या विभागको तथ्यांकअनुसार विश्वका इन्टरनेट प्रयोगकर्तामध्ये ४८ प्रतिशत एसियाका छन् । यो तीनवर्ष अगाडिको तथ्यांक हो ।
माथिको तथ्यांक हेर्दा के देखिन्छ भने पछिल्लो एक दशकमा इन्टरनेट प्रयोगकर्ताहरु बढिरहेका छन् । इन्टरनेट प्रयोगकर्ताको दर बढ्नुमा सामाजिक सञ्जालको आगमनलाई पनि आधार मान्नुपर्ने हुन्छ । नेपालकै उदाहरण लिने हो भने पनि फेसबुक र भाइबर चलाउनपनि धेरै मानिस इन्टरनेटसँग जोडिएका छन् किनकी यसबाट उनीहरुले आफ्ना साथीभाई र आफन्तसँग सजिलै सम्पर्कमा रहने सुविधा पाउँछन् ।
यसले डिजिटल मार्केटिङको ‘ट्रेण्ड’ बढाएको हो । तर यस्तो बजारीकरणले इन्टरनेटमा पहुँच भएका जनसंख्यालाई मात्रै समेट्न सक्छ । २ वर्षअघिको एक तथ्यांकअनुसार, ठूला कम्पनीहरुले कूल मार्केटिङ बजेटको २५ प्रतिशत बजेट डिजिटलमा खर्च गर्छन । सन् २०२० सम्ममा कूलमार्केटिङ खर्चको ७५ प्रतिशत रकम डिजिटलमा खर्च हुने अनुमान गरिएको छ । अर्को तथ्यांकअनुसार ८० प्रतिशत उपभोक्ताले आफ्नो लागि महत्वपूर्ण वा महंगो सामान किन्दा अनलाइनमा सर्च गरेर जानकारी बटुल्छन्, यसलाई आधार मान्ने हो भने पनि डिजिटल मार्केटिङ ब्राण्ड भ्यालू बढाउन बढी प्रभावकारी हुन्छ किनकी मानिसले कुनै ब्राण्डको विश्वसनीयता चेक गर्न अनलाइनकै सहारा लिन्छन् ।
Source: http://kantipur.ekantipur.com

Post a Comment