0
भाद्र ३१, २०७३- भीमादेवी कन्दङवाको एउटा मात्रै इच्छा थियो, 'रत्नको विवाह गरेर नयाँ जीवन बसाइदिने।' रत्न उनको एक्लो सन्तान थिए। तर, उनी मलेसिया छिरेपछि फर्केका थिएनन्। तैपनि भीमामा विश्वास थियो, 'छोरो एक दिन अवश्य फर्किन्छ।'
मलेसियामा सम्र्पकविहीन बनेका रत्न १६ वर्षपछि शुक्रबार राति १०ः३० बजे मलेसियन विमानबाट फर्किंदै छन्। तर, जिउँदो होइन। उनलाई कफिनमा हालेर अन्तिम दाहसंस्कार गर्न ल्याइँदै छ।
मलेसिया जानुअघि रत्नले सिजुवा-८ मोरङमा वृद्धा आमा, श्रीमती र ९ वषर्ीय छोरालाई छाडेर गएका थिए। भीमालाई एक्लो सन्तानका रूपमा रत्नलाई परदेश पठाउने रहर थिएन। किनकि भारतमा बेपत्ता श्रीमान् भगीमान नफर्किंदाको पीडा उनले भोगिसकेकी थिइन्। तैपनि साथमा नाति र बुहारी भएपछि उनलाई चिन्ता थिएन। 
याे पनि पढ्नुहाेस् : 
रत्न मलेसिया गएको ९ महिनामै नातिको कालगतिले मृत्यु भयो। सधैंजसो सम्पर्कमा आइरहने रत्न त्यसपछि परिवारको सम्पर्कमा आउन छाडे। नाति गुमेको पीडा नभुल्दै भीमादेवीले क्यान्सारबाट ग्रसित बुहारी पनि गुमाइन्। 'हामीले अनेक कोसिस गर्दा पनि रत्नलाई सम्झाएर स्वदेश ल्याउन सकिएन,' आफन्त देवेन्द्र खापुङ लिम्बूले भने, 'अहिले शवका रूपमा ल्याउनुपर्ने अवस्था आयो।' 
रत्नको गत भदौ १७ गते क्वावालम्पुर, सुङगाइबुलास्थित सिलायाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी सल्यानका कृष्णबहादुर बुढामगरको राहदानीमा मलेसिया गएकाले शव ल्याउन ढिला भयो। उनको शव आफन्त तीर्थराज कन्दङवाले ल्याउँदै छन्। 'छोराको मृत्यु भए पनि अन्तिम अनुहार हेर्ने आमाको इच्छा भयो,' उनले भने, 'छोराको बिहे गराइदिने आमाको इच्छा अधुरै रहे पनि रीतिअनुसार दाहसंस्कार गर्ने बताएकी छन्।' 
रत्नको मृत्युको खबर सुनेदेखि आमा सिजुवाको घरमा विक्षिप्त सरह भइरहेकी छन्। 'छोराको शव पुगेपछि कसरी सम्हाल्ने?' वैदेशिक रोजगार प्रवर्द्धनमा शव वाहनको बन्दोबस्ती मिलाउन गएका देवेन्द्रले भने, 'हामी एकदमै चिन्तित छौं।' 



Next
Newer Post
Previous
This is the last post.

Post a Comment

 
Top