दिपकराज गिरी, कलाकार
अहिले त ग्याङको नाम ‘छक्का पञ्जा’ राखे हुन्छ । त्योभन्दा अघि ‘वडा नम्बर–६’ थियो र त्योभन्दा अघि ‘६ एकान ६’ अनि लामो समय टिकेको मेरो ग्याङको नाम ‘तीतो सत्य’ हो । नाम फेरिरहने र केही न्वारनै नभएका ग्याङ पनि छन्, बरु ग्याङका सदस्यहरूका केही राम्रा–नराम्रा बानी भन्छु । ग्याङका साथीहरू, माइन्ड गर्न पाइन्न है ? ह्याप्पी गाइजात्रा :
दीपाश्री निरौला (नजिककी साथी) : कुनै पनि काम मन लगाएर गर्ने तर नाकमा रिस, नाकमै आँसु, नाकमै प्रेम छल्किन्छ । प्रस्तुति नराम्रो भयो कि मलाई थर्काइहाल्ने, अनुशासनमा बस्ने र बस्न लगाउने आधुनिक हिटलर ।
निर्मल शर्मा (सहयोगी नम्बर–१) : भद्र छवि भएको, दाइ भन्छु, तर उमेरमा मभन्दा एक वर्ष कान्छा । नाइँ भन्न नसक्ने, लोभलालच कम, शरीर गैंडाजस्तो भए पनि मन खरायोजस्तो । नराम्रो बानी— केही कुरामा चित्त बुझेन कि फेसबुकमा स्ट्याटस लेखिहाल्ने तथा नङ टोक्न थाल्ने ।
श्रीप्रसाद थापा (पुरानो साथी) : रेडियो नाटकदेखिको परिचय, उमेरले भाइ तर मलाई दाइ भन्ने । तीतो सत्यको लाहुरे । एकपटक म एउटा नाटकबाट निकालिएँ । त्यसपछि यो क्षेत्र छाड्ने मनस्थिति बनाइसक्दा उनले नै मलाई रोकेका हुन् । हक्की स्वभाव, सहयोगी भए पनि संसारका सबै कुरा मलाई थाहा छ भनेर गफ दिइहाल्ने ।
रवि डंगोल (मन पर्ने साथी) : सीधासादा, कम रिसाउने, छलकपट नजान्ने, हाँसिरहने, का बेइमानका रूपमा परिचित, बैगुन छैन, तर छिट्टै विश्वास गर्ने बानी र मनको कुरा गुम्स्याएर राख्ने, नखोल्ने ।
पूर्ण थापा (जागिरे साथी) : सुब्बा सा’बका रूपमा परिचित, २ सय ५ प्रकरणमा मेरो पार्टनर, सरल, तडकभडक नगर्ने, नराम्रो बानीचाहिँ साँझ पाँच बजेर १० मिनेट हुन नपाउँदै घर पुगिहाल्नुपर्ने ।
आरपी भट्टराई (मोटु भाइ) : लादालामका रूपमा परिचित सहयोगी, मोटो शरीरका धनी, कुनै पनि काम नाइँ नभन्ने, काम गरेपछि रिपोर्टिङ गर्ने । असाध्यै बोल्ने, अलिअलि धक्कु लगाइहाल्ने अनि नजानेको कुरा जानेको छैन भन्न नआउने ।
गोपाल अधिकारी (हुन्छ बहादुर) : ग्याङको साथीभन्दा पनि भाइ, ट्वाकेन्द्र भएर चिनियो । मलाई कसैले औंला ठड्यायो भने प्रतिवाद गर्ने, अहिले अमेरिकामा छन् । सबैसँग घोलिने चिनीजस्तो स्वभाव भएका, कसैलाई नाइँ नभन्ने हुन्छ बहादुर ।
सुमन गिरी (भाञ्जा) : मेरो भाञ्जा, पछिल्लो पटक मेरो ग्याङको रकेट, सबैलाई आइस्योस, गइस्योस भनेर काम फत्ते गराएरै छाड्ने, साह्रै फास्ट काम गर्ने । सुमन निर्माण नियन्त्रकको काम गर्छन् । उनलाई काम लगाएपछि ढुक्क भएर सुते हुन्छ । कञ्जुस संघको केन्द्रीय अध्यक्ष, सुक्को खर्च नगर्ने, अलिकति असन्तोषी ।
राज आचार्य (फुच्चे छोरो) : तीतो सत्यमा मेरो छोरा बनेर अभिनय गर्दागर्दै मेरो मनको छोरो भएको, आफ्नोपन स्थापित गर्न खप्पिस, अहिले भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्दैछ । हाइट सानो भए पनि मन ठूलो छ । अलिकति सन्काहा र मुडी छ, धेरै रिसाउँछ ।
यीबाहेक, किरण, दीपक र निश्चल कुँवर (गैरफिल्मी) : किरण र दीपक गाउँका साथी, निश्चलचाहिँ संघर्षका दिनमा आफ्नो घरमा राखेर ख्वाउने–पिलाउने साथी । यिनीहरूका गुण धेरै छन् । नराम्रा बानी भए पनि लेख्न मन छैन ।
Source: http://saptahik.ekantipur.com

Post a Comment