0
कार्तिक ३, २०७३- युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति हुने खेलका लागि एएफपीको पूर्वविश्लेषण । यी खेलमा सबैभन्दा ठूलो रहेको छ, पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले गर्ने बार्सिलोनाको भ्रमण ।

समूह ‘ए’

पीएसजीविरुद्ध बासेल
गत सिजन युरोपाकपको फाइनल प्रवेश गर्न सेभियाले बासेललाई हराएको थियो । त्यति बेलाका सेभियाका प्रशिक्षक उनाइ इभरीको काँधमा अहलिे फ्रान्सेली च्याम्पियन पीएसजी रहेको छ । त्यसैले पीएसजीले यसपल्ट बासेलको सामना गर्दा एमेरी निकै आत्मविश्वासी हुनेछन् । र, यसको एउटा कारण रहनेछ, उरुग्वेली स्ट्राइकर एडिसन काभानीको उत्कृष्ट लय । उनले पछिल्ला ११ खेलमा १५ गोल गरेका छन् ।
आर्सनलविरुद्ध लुडोगोरेट्स रजगार्ड
च्याम्पियन्स लिगमा आर्सनल अपराजित यात्राको सुरुआत लिन सफल रहेको छ । त्यसैले लुडोगोरेट्स रजगार्डको सामना गर्दा आर्सन वेन्गरको आर्सनल आत्मविश्वासी हुनेछ । आर्सनल पेरिसमा बराबरीमा रोकिएता बासेललाई हराउन सफल रहेको थियो । त्यस खेलमा थियो वाल्कटले दुई गोल गरेका थिए ।
घरेलु टिममा पछिल्लोपटक आर्सनलले स्वान्सीलाई हराएको थियो र त्यसमा डिफेन्समा कमजोरी देखिएको थियो । लुडोगोरेट्स विरुद्धको खेलमा आर्सनल यो तथ्यमा सच्चिन चाहन्छ ।

समूह ‘बी’

नेपोलीविरुद्ध बेसिकटास
नेपोली यसपल्टको च्याम्पियन्स लिगमा अन्तिम १६ मा पुग्ने पहिलो टिम हुन सक्नेछ, यदि उसले बेसिकटासलाई हराउनेछ र समूहको अर्को खेल बराबरीमा टुंगिनेछ । नेपोलीले यसअघिका दुवै खेल जितेका थिए र अहिले जितको ह्याट्रिक गर्ने क्रममा छ । घरेलु सिरी ‘ए’ मा भने नेपोली पछिल्लो खेलमा एएस रोमासँग पराजित रहेको छ । सन् २००९/२०१० को सिजनयता पहिलोपल्ट युरोपमा खेलिरहेको बेसिकटास भने घरेलु लिगमा राम्रो लयमा छ ।
डायनामो किभविरुद्ध बेनफिका
दुवै टिम पहिलो जितको प्रयासमा हुनेछ । यस खेलमा जित प्राप्त गर्न सक्ने टिमले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन सक्छ ।

समूह ‘सी’

सेल्टिकविरुद्ध बोर्सिया मोन्चेनग्लायडब्याक पछिल्लोपटक सेल्टिकले पेप ग्वार्डिओलाका म्यानचेस्टर सिटीलाई ३–३ को बराबरीमा रोकेका थियो । सेल्टिक यस्तै, नभएर योभन्दा राम्रो नतिजा निकाल्ने प्रयासमा रहनेछ, बोर्सिया मोन्चेनग्लायडब्याकविरुद्ध ।
बार्सिलोनाविरुद्ध म्यानचेस्टर सिटी
प्रशिक्षक पेप ग्वार्डिओला फेरि एकपल्ट बार्सिलोना फर्कंदै छन् । बार्सिलोनाका लागि खेलाडी र प्रशिक्षक दुवै रूपमा उनले च्याम्पियन्स लिग जिते । अहिले उनी म्यानचेस्टर सिटीको प्रशिक्षक छन् । यी दुईबीचको खेल सिजनकै सबैभन्दा प्रतीक्षित खेल रहेको छ । लियोनल मेसी, लुइस स्वारेज र नेयमारसहितको बार्सिलोनाले च्याम्पियन्स लिगका घरमा भएका १२ खेल लगातार जितेका छन् । यसैलाई तोड्ने अभियानमा रहनेछ, इङलिस प्रिमियर लिग क्लब ।

समूह ‘डी’

रोस्टोभविरुद्ध एटलेटिको म्याड्रिड
रुसी टिम रोस्टोभले बायर्न म्युनिखसँग ठूलो अन्तरले हार्न अगाडि पीएसभीलाई डेब्यु खेलमा बराबरीमा रोकेको थियो । घरमा पनि रोस्टोभले राम्रो गर्न सकेको छैन र उसका लागि आफ्ना समर्थकको खराब व्यवहार फेरि समस्या हुन सक्नेछ ।
बायर्न म्युनिखविरुद्ध पीएसभी आयनहोभन
बायर्न म्युनिखको कोही आलोचक छ भने अहिले प्रशिक्षक कार्लो एन्सेलोटी भएका छन् । टिमले शनिबार मात्र फ्रायन्कफर्टसँग बराबरी खेल्यो, प्रशिक्षक एन्सेलोटीले आफ्नै खेलाडीको आलोचना गरेका थिए । यस्तोमा पीएसभीको सामना गर्दा खेलाडीसामु आफ्नो कमजोरी सच्याउने चर्को दबाब हुनेछ ।
Source: http://kantipur.ekantipur.com


Post a Comment

 
Top