0
NT-logo
आश्विन २१, २०७३- नेपाल टेलिकमले ७५ वटै जिल्लामा जीएसएम प्रविधिमार्फत तेस्रो पुस्ताको दूरसञ्चार सेवा (थ्रिजी) पुर्‍याएको छ । कम्पनीले डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा थ्रिजी सुरु गरेपछि ७५ वटै जिल्लामा यस्तो सेवा विस्तार भएको हो । कम्पनीले बुधबार दुनै र बिहीबार सिमीकोटमा थ्रिजी सेवाको सुरुवात गरेको जनाएको छ ।
कम्पनीले करिब १० वर्षअघि नै थ्रिजी सेवा सुरु गरेको भए पनि दुर्गम क्षेत्रमा भने पुग्न सकेको थिएन । सुरुमा काठमाडौंबाट सञ्चालामा ल्याइएको थ्रिजी अहिले भने धेरै ग्रामीण क्षेत्रमा समेत विस्तार भइसकेको छ ।
यसैबीच कम्पनीले चार्डपर्व लक्षित छुट योजनासमेत ल्याएको छ । कम्पनीले जीएसएम र सीडीएमए दुवै सेवामा छुट योजना ल्याएको हो । कम्पनीले हाल ७ पैसा प्रतिएमबीमा ‘नाइट डाटा प्याक’ उपलब्ध गराएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने यो योजनाअन्तर्गत ग्राहकले ४० रुपैयाँमा ५ सय र ८५ रुपैयाँमा १ हजार २ सय एमबी डाटा पाउनेछन् ।
यो योजना आगामी पुस १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । प्रिपेडमा नाइट डाटा लिनलाई स्पेसल ५ सय वा १ हजार २ सय एमबी लेखेर १४१५ मा र पोस्टपेडमा लिनलाई १४०० मा एसएमएस गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी डाटा अफरअन्तर्गत ५० रुपैयाँमा १ सय एमबी र १ सय रुपैयाँमा २ सय ५० एमबी डाटा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
Source:  http://kantipur.ekantipur.com

Post a Comment

 
Top