0
आश्विन २४, २०७३- अमेरिकी राष्ट्रपति पदका लागि प्रत्याशीहरु हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच दोस्रो पटक आइतवार राति प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भयो । 
मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयको हलमा आयोजित उक्त प्रत्यक्ष बहस कार्यक्रम शुरुहुनु अघि दुई प्रत्याशीले आपसमा हात मिलाउने जस्तो न्युनतम औपचारिकता समेत पूरा गरेनन् । उक्त कार्यक्रभरी नै ट्रम्प र क्लिन्टनले एकअर्कामाथि तिखो प्रहार गर्ने काम गरे ।
कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गर्नु भएका अमेरिकी रणनीतिहरु, इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकहरुमा गरिएको सहयोग इत्यादि बारे पनि ट्रम्पले तीब्र आलोचना गर्न भ्याए ।
दर्शकका प्रश्नका उत्तर दिने क्रममा ट्रम्पले हिलारी उपर अलि बढी नै रिस पोखी आक्रामक भएर प्रस्तुत भए भने हिलारी पनि के कम, ट्रम्पलाई व्यङग बाणको वर्षा गरी आच्छु आच्छु पारिन् ।
ट्रम्पले हिलारीको निन्दा गर्ने क्रममा उनका पति बिल क्लिन्टन धेरै वर्षअघि एक पटक यौन काण्डमा मुछिएको घटनालाई उछाले । जवाफमा हिलारीले पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिदिइन् ।
सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृष्य देखाइएको छ । कुराकानीको क्रममा ट्रम्पले “तिमी चलचित्र (हलिउड) का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ” भनेका रहेछन् ।
साथै, कुराकानीकै क्रममा बुशले तपाईं पनि केटीहरु खेलाउन माहिर हुनुहुँदो रहेछ भन्दै दुबै जनाले महिलाहरुका नितम्ब, तिघ्रा, पिँडुलाको चर्चा गरेका रहेछन् ।
“महिलालाई जे गरे पनि हुन्छ” भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अङ्गालोमा कस्ने वा चुम्बन गर्नेजस्ता यौनजन्य दुव्र्यबहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिई क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु आच्छु पारिन् ।
क्लिन्टनको यस अडानले दर्शक दीर्घाबाट समर्थनको ओइरो पायोे र ट्रम्प तत्काल सो बिगतको घटनाका लागि माफी माग्न बाध्य भए ।
डेढघण्टा चलेको सो प्रत्यक्ष बहस कार्यक्रममा दर्शकका प्रश्नका उत्तर दिने क्रममा दुबै जनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाका धेरै विषयमाथि आ(आफ्नो धारणा व्यक्त गरे तापनि हिलारीमाथि ट्रम्प अलि बढ्तै आक्रोशित भएर प्रस्तुत हुँदा दर्शकहरुले मन पराएका थिएनन् ।
निर्वाचनको ठीक एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान गरेका छन् ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top