आश्विन २२, २०७३- नेपालमा जत्ति पनि
चाडपर्वहरू छन् तिनीहरूमध्ये दसैंको महत्त्व अतीव मात्रामा छ । शाक्तमनसित
सम्बद्ध यो चाडको मुख्य नायिका महामाया भगवती दुर्गा हुन् । तिनीले दुष्टको
प्रतीकस्वरूप रहेका दानवहरूको संहार गरी देव भनौं या मानवको कल्याण गर्ने
कार्य गरेकी थिइन् । यो चाड देव भनौं या मानवबीचको संघर्षसित सम्बद्ध रही
यसमा दानवी शक्तिमाथि देव–मानव शक्तिको विजय अर्थात् अन्धकारमाथि प्रकाशको
विजयको पर्वको रूपमा रहेको छ । यही कारण यहाँ आश्विन शुल्क पूर्णिमादेखि
कार्तिक शुक्ल पूर्णिमासम्म भनौं पूरापूर एक महिनाभर विजयोत्सवको रूपमा नगर
एवं ग्रामका चौबाटो–चौबाटो तथा मानिसहरूको घर–घरमा आलोक दीप बाल्ने
परम्परा चलेको थियो, जुन अद्यापि प्रचलित छ । यो चाड आश्विन शुक्ल
प्रतिपदादेखि प्रारम्भ भई दशमीसम्म खासतवरले मनाइने हुँदा यसलाई दसैं
भनिएको कथन छ । तर दसैंको दशहरा नामले मनष्यमा निहित दस प्रकारका पापहरू
(कायिक ३+वाचिक ४+मानसिक ३) लाई विनष्ट गरी मानिसले आफूलाई मानवोचित
गुणहरूबाट भूषित गर्ने यथार्थसित सम्बद्ध छ भन्नु बढी उपयुक्त हुन्छ ।
महामायाले दुर्ग नामक दानवको संहार गरेको हुँदा यिनको दुर्गा नाम रहन गएको छ । पुराणानुसार भगवान् शिवकी पत्नी पार्वतीले आफ्ना पुत्र गणेशको महादेवद्वारा अज्ञानतावश शिरोच्छेदन गरिएको हुँदा चारैतिरबाट नवदुर्गाहरू उत्पत्ति गरी सम्पूर्ण देवताहरूलाई त्रसित तुल्याएकी थिइन् । यी नवदुर्गाका नामहरूमा विविधता पाइएका छन् । तिनीहरूमध्ये बह्मवैवर्नपुराणमा वर्णित नामहरू उल्लेख्य रहेको प्रतीत हुन्छ । त्यसमा वर्णित वर्णन अनुसार नवदुर्गाहरू दिग्देवीहरू रहेका छन् । नवदिग्देवीहरू यी हुन्— १. प्रकृति–पूर्व, २. चण्डिका–आग्नेय, ३. भद्रकाली–दक्षिण, ४. माहेश्वरी–नैऋत्य, ५. वाराही–पश्चिम, ६. सर्वमंगला–वायव्य, ७. वैष्णवी–उत्तर, ८. शिवप्रिया–ईशान र ९. जगदम्बिका–जल, थल र आकाश । नव दिशाका अधिष्ठात्री रहेकी यी दिग्देवीहरूका प्रिय रहेका वन पत्रिकाहरू हुन्— केरा, अनार, हल्दी, जयन्ती, बेल, दाडिम, अशोक, मान, धान्य ।
दस दिनसम्म चल्ने यो चाडको पहिलो दिनमा सम्पन्न गरिने दुई कार्यहरू उल्लेख्य छन्, तिनीहरू हुन्— जमरा राख्ने र कलश स्थापना । नदीबाट ल्याएको बालुवामा जौ छरेर जमरा राख्ने कार्य गरिन्छ । वैदिक यज्ञको लागि अत्यावश्यक मानिने जौलाई अज पनि भनिन्छ । विष्णुशर्म प्रणित पञ्चतन्त्रको अध्ययनमा यस कुराको स्पष्ट रूपले खुलासा हुन्छ । नेवारहरू जमरा राख्ने कार्यलाई नवला स्वनेगु भन्ने गर्छन् । अर्को, जमरा राख्ने कार्यले वैदिक याज्ञिक विधानको यस चाडमा स्पष्ट रूपले प्रभाव परेको दृष्टिगत हुन्छ । यो चाडलाई यज्ञको रूपमा लिएर सो सफल भएको मानी जमराको फूल भनौं नवला स्वाँ शिरमा राखेर दशमीको दिन खड्ग चालनको साथै हस्तपाद चालद्वारा उत्सव मनाउने गरिन्छ । दशमीको दिनलाई नेवारहरू चारण (चालें) भन्ने गर्छन् जसबाट पनि उपर्युक्त यथार्थको पुष्टिमा टेवा मिल्छ ।
दसैंको पहिलो दिनको दोस्रो महत्त्वपूर्ण कार्य घटकलश स्थापना गर्ने हो । हाम्रो सांस्कृतिक परम्परानुसार घटकलशमै सम्पूर्ण देवीदेवताहरू, सप्तद्वीप, सप्त सागर, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन् । यहाँ यी घटकलशहरू अष्टमंगलका चिह्नहरूद्वारा चित्रित गरिन्छन् । अनि उपर्युक्त दिन माथि वर्णित सम्पूर्ण देवी–देवता, तीर्थ आदिद्वारा समाहित घटकलशलाई स्थापना गरी दसैं पूजा शुभारम्भ गरिन्छ ।
दसैंका सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिका दिनहरूलाई अत्यधिक महत्त्वको रूपमा लिइन्छ । सप्तमीको दिन दसैंको पूजाका लागि अत्यावश्यक फूलपाती दसैघरमा प्रवेश गराइन्छ । तर यहाँका नेवारहरू उक्त दिनको बदला अष्टमीको दिन आगममा नवपत्रिकाहरू स्थापना गर्ने कार्य गर्छन्, जसको कारण नेवारहरू उक्त दिनलाई धापेंको संज्ञा दिन्छन् । यो दिको भोजलाई नेवारहरू कुछी भ्वय् अर्थात् कुलछी म्वय भन्ने गर्छन् । यस यथार्थको प्राप्तिले दसैंलाई नेवार समाजमा अत्यधिक महत्त्व दिइएको कुरा स्पष्ट हुन्छ । यसले आ–आफ्ना कुल परिवारका सम्पूर्ण सदस्यहरू एकजुट भई विनाशकारी दुष्टहरूको दमनार्थ उद्यत रहनुपर्ने अत्यावश्यकतातिर औंल्याएको स्पष्ट छ । अष्टमी तिथिको अनन्तर नवमीलाई स्याको त्याको भन्ने गरिन्छ । अष्टमी, नवमी दिनहरूमा दुष्ट दानवहरूको संहार गरिसकेको अनन्तर दशमीको दिन मानिसहरू खड्ग चालनको साथै हस्त–पद चाल गर्दै नाचगानसाथ विजयोत्सव मनाउँदै कुल ज्येष्ठ भन्नुको तात्पर्य आफूभन्दा ठूलाबडाहरूको हातबाट जमरा भनौं नवला स्वाँ फूलप्रसाद ग्रहण गर्छन् ।
दसैंलाई नेपालभाषामा मोहनीको संज्ञा दिइएको छ । मोहनीको अर्थ हो मायाजाल फिँजाउने, विभ्रम पैदा गर्ने । यस यथार्थलाई दसैंसम्बन्धी जुन पुराख्यान यहाँ प्रचलित छ त्यसले पनि उपर्युक्त अर्थको सत्यतातिरै स्पष्टत: इङ्गित गरेको छ । हिमालय शिखरमा अवस्थित कुमारी स्वरूपमा रहेकी महामाया भगवतीलाई देखेर ठूला–ठूला दानवराजहरू यथा शुम्भ, निशुम्भ तथा महिषासुर आदि मोहित भएका थिए । कुमारीको स्वरूपमा रहेकी उक्त महामाया देवी जगदम्बाको सुन्दर मुखाकृतिबाट मोहित भई ती दानवराजहरूले उनीसित विवाहका लागि प्रस्ताव गरे । ती कुमारी स्वरूपा देवी दानवहरूको संहारहेतु मौकाको खोजीमा थिइन् । यसैले तिनीले दानवराजहरूलाई आफू एक सर्तमा उनीहरूसित विवाह गर्न तयार रहेको बताइन् । त्यो के भने हिमालवासीहरूको कुल परम्परामा जसले कुमारी केटीसित लडेर तिनलाई हराउन सक्छ तिनैसित तिनको विवाह हुने हुँदा दानवराजले सर्वप्रथम तिनीसित युद्ध गरी तिनलाई जित्नु अनिवार्य छ ।
प्रकृतिका प्राणीहरू माकुराको जालमा फसेर तिनीहरूले आफ्ना इहलीला समाप्त गरेअनुरूप दानवराजहरू पनि महामायाको मोहनीको सिकार भई तिनीहरू सबै नै लडाइँमा पराजित भई मुत्यु वरण गर्न पुगेका थिए । यसरी साँचो अर्थमा भन्ने हो भने उपयुक्त मोहनी शब्दले दावराजहरूलाई मोहनी स्वरूपले आफूतिर आकर्षित गरी कुमारीले तिनीहरूको वध गरेको हुँदा त्यस पर्वलाई मोहनीको संज्ञा दिइनु यथार्थसम्मत नै लाग्छ । यही आख्यानको प्रभाव यहाँका पहाडी जनजीवनमा पनि परेको स्पष्ट रूपले देखिन्छ । पहाडी केटीहरू र केटाहरूको बीच जुन दोहोरी गीत गाउने परम्परा छ त्यसले उपर्युक्त आख्यानसित साम्यता राखेको दृष्टिगत हुन्छ । दोहोरी गीतमा पनि केटाले जितेमा तिनले केटीलाई समातेर लगी आफ्नी पत्नी तुल्याउँछन् भने केटीले जितिन् भने तिनले केटालाई आफ्नो घरमा नोकर तुल्याउन लैजान्छिन् ।
नेपालमा दसैंको चाड १३ औं, १४ औं शताब्दी ई. देखि प्रचलनमा आएको स्पष्टत: लाग्छ । १४ औं शताब्दी ई. ताकाको गोपालवंशालीमा दसैंको बारे उल्लेख आएको पाइएबाट उक्त कुराको पुष्टिमा सघाउ मिल्छ । तर, त्यस बेला यहाँ कतिवटा दसैं प्रचलित थियो भन्ने कुरा निश्चित रूपले थाहा हुन सकेको छैन । अहिले यहाँ वर्षभरिमा वासन्तिक र शारदी गरी जम्मा दुई पटक मनाइने गरेको पाइन्छ । त्यसमा पनि शारदी ऋतुमा मनाइने दसैं वासन्तिक दसैंभन्दा अझ भव्य रूपमा मनाइन्छ । यहाँनिर यस यथार्थलाई बिर्सनु हुँदैन कि पहिले–पहिले दसैं वर्षभरिका चार भिन्न–भिन्न ऋतुहरूमा चार पटक मनाइन्थ्यो ।
देवी भागवत् ग्रन्था चारवटा दसैंको बारे उल्लेख भएको पाइएबाट उक्त कुराको खुलासा हुन्छ । ती चार दसैंमध्ये वसन्त ऋतुमा मनाइने दसैं चैत महिनामा पर्दथ्यो, जसको कारण उक्त दसैंलाई चैतेदसैं भन्ने गरिन्छ । गृष्म ऋतुको दसैं असारमा पर्दथ्यो । शारदीय दसैंचाहिँ आश्विनमा पर्छ जुन अद्यापि भव्य रूपले मनाइँदै आइरहेको छ । शिशिरको दसैं पुस महिनातिर मनाइन्थ्यो, यसै तथ्यको सन्दर्भमा दोलखामा दसैंको अवसरमा निस्कने खड्गयात्राको परम्परालाई लिनु प्रासङ्गिक लाग्छ । त्यस अवसरमा दोलखामा प्रचलित लोकोक्तिअनुसार भीमसेन डबलीमा चारवटा राँगाको बलि दिइन्छ । उक्त डबलीमा बलि दिइने चारवटा राँगाले यथार्थत: चारवटा दसैंको परम्परातिर इंगित गरेको प्रतीत हुन्छ । देवी भागवतमा वर्णित भएअनुसार वर्षभरिमा चार प्रमुख दसैंहरू रहेको औ त्यस समय एक पटक विष्णुले मधुकैटभ दैत्यको वध देवीको पूजा गरी गरेका थिए । त्यस्तै त्रिपुरासुरलाई मार्दा महादेवले, वृत्रासुरलाई मार्दा इन्द्रले तथा रावणलाई मार्दा भगवान् श्रीरामले देवीको पूजा गरेका थिए ।
यसरी उपर्युक्त चारवटा राँगो चार पटक सम्पन्न नवरात्रि पूजाको अवसरमा मारिएका राँगोहरूको प्रतीक रूपमा रहेको सजिलै अनुमान गर्न सकिन्छ । ती चार नवराध वध माथि वर्णन गरिएअनुसार चार भिन्न–भिन्न ऋतुमा सम्पादित भएका थिए जसबाट पनि प्राचीनकालमा समाजमा चारवटा दसैं प्रचलनमा थिए भन्ने कुराको अनुमानमा टेवा मिल्छ ।
उपयुक्त विभिन्न आधारहरूबाट दसैंले हाम्रो सांस्कृतिक जनजीवनमा अत्यन्त महत्ता स्थापित गरेको छ । यसले एकातिर हामीलाई दुष्टको संहार गर्ने कार्यमा कुनै कसर बाँकी राख्न नहुने शिक्षा प्रदान गरेको छ भने देवता एकमा अनेक औ अनेकमा एक नै रहेको यथार्थलाई स्पष्ट रूपले उजिल्याएको छ । अर्को, सपेराले जस्तोसुकै विषालु सर्पलाई पनि वीणा बजाई लठ्ठ पारी आफ्नो अधीनस्थ तुल्याएअनुरूप देवीले आफ्नो मोहनी रूपले दानवराजहरूलाई आफूतिर आकर्षित गरी तिनीहरूको संहार गरेकी थिइन् ।
यस पर्वले अर्को महत्त्वपूर्ण शिक्षा हामीलाई प्रदान गरेको छ— त्यो हो दृष्टको संहार गर्ने कार्यमा कुलका सम्पूर्ण सदस्यहरू एकताबद्ध भई अग्रसर हुने । यसरी यी विभिन्न यथार्थहरूबाट दसैं भनौं मोहनी पर्वको हाम्रो सामाजिक एवं सांस्कृतिक जनजीवनमा महत्त्वको प्रभाव स्थापित गरेको छ भन्न कर लाग्छ ।
Source: http://kantipur.ekantipur.com

Post a Comment